कावासोतीमा एक नवदम्पतीले बिहे भोजमा खर्च हुने रकमले अपाङ्गता भएका बालबालिकालाइ खाद्यान्न सहयोग गरेका छन् ।
यहि मंसिर १६ गते विवाहा गरेका कावासोती १३ रुदौलिका चिरञ्जीवी पौडेल र अनु सुबेदीले बिहेपछि गर्ने भोज भतेर नगरेर अपाङ्गता भएकालाई सहयोग गरेका हुन । कावासोती ०८ मा रहेको मौलाकालिका अपाङ्ग सेवा संस्थालाइ दाल,चामल,तेल,आलु,कोदोको,पिठो , हरियो तरकारी, टिमुर,जिम्मु, खाद्यान्न हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरण गर्दै पौडेलले भने सामान्य विवाह गर्ने क्रममा पनि धेरै भोजभतेरमा खर्च गर्ने तडकभडक धेरै बढेकाले यस्तो विकृतिलाइ आफैबाट रोक्नलाइ बिहे भोजमा खर्च हुने रकमले अपाङ्गता भएकालाई खाद्यान्न सहयोग गरेकाे उनि बताउछन।