नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा ९ मा थुम्की देवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको स्कूल बसको ठक्करबाट ३ जना घाइते भएका छन् । मंगलबार विहान मध्यविन्दु नगरपालिका ९ बसन्तपुरको भित्री सडक खण्डमा ग १ क २४८३ नम्बरको स्कुल बसले विपरित दिशाबाट आउँदै गरेको लु २० प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ३ जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा परी मध्यविन्दु १३ निवासी मनु विक, २६ बर्षीय तुलबहादुर खाम्चा, ३५ बर्षीय सन्तबहादुर कुमाल गम्भीर घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचारको लागि पठाइएको र बस प्रहरीको नियन्त्रणमा रहेता पनि चालक भने फरार भएको प्रहरीले जानकारी दिएको छ।
स्कूल बसको ठक्करबाट नवलपरासीमा ३ जना गम्भीर