उत्तम कुमार थापा, बझाङ । बझाङकाे देवल विमानस्थल आगामी भदौ २५ गते भित्र हस्तान्तरण हुने अन्तिम तयारीमा रहेको छ । उक्त विमानस्थलका निर्माण कार्य लगभग सकिएर यही भदाैंमा हस्तान्तरण हुने भएको हाे ।
प्रतिनिधि सभासदस्य सांसद भैरव बहादुर सिंहकाे नेतृत्वमा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज देवराज रेग्मी, प्रमुख जिल्ला अधिकारी कमल भण्डारी, डिएसपी गणेश बम, नेता लाेकेन्द्र सिंह, जिल्ला कमिटी सचिवालय सदस्य हलचल थापा र कमल थापा लगायतकाे टाेली अनुगमनकाे क्रममा आज विमानस्थल निर्माणस्थलमा पुगेको थियाे ।
विगत लामाे समयदेखि बन्द अवस्थामा रहेको विमानस्थलकाे निमार्ण कार्य तिर्व गतिमा हुँदै आएको र काम पनि राम्रो भएको अनुगमन टाेलीकाे भनाई छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालयकाे बैठक र जिल्लामा अहिले भारि वर्षाकाे कारण जनताकाे दुख, सुखमा साथ दिन बझाङ आईपुग्नु भएका सांसद सिंह आज विमानस्थलकाे अनुगमन गर्न देवल पुगेका हुन् । सांसद सिंहले भने, "अघिल्लो दशैंमा विमानस्थल बनेर जहाज उडान हुनुपर्ने हाे तर काेभिड-१९ ले गर्दा हुन सकेन" । उहाँले अहिले तिर्व गतिमा काम सञ्चालन भएको देख्दा ठेकेदारलाई अझै राम्रो काम गर्न सल्लाह दिँदै छिटोभन्दा छिटो विमानस्थल हस्तान्तरण गर्न अनुराेध गर्नुभएको छ ।
अहिले विमानस्थल निर्माण कार्यकाे जिम्मेवार सम्हालेका साईट प्रमुख प्रदिप दंगालले भने, "काममा अलि ढिलाइ भएको भन्दै, केहि समय अगाडि सडकले पनि साथ नदिएको र केही विवादले गर्दा ढिलाे हुन पुगेको हो तर अहिले भने काम तिर्व गतिमा भएको छ ।" अब देवल विमानस्थल भदौं २५ गते भित्र हस्तान्तरण हुने गरि काम भएको प्रमुख दंगालले जानकारी दिनुभयो ।