जेसीज रामग्राम परासीले कर सप्ताह २०७७ को अवसर पारी एक दिने कर सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
तलिममा करदाता सेवा कार्यालय परासीका प्रमुख बसन्त अधिकारीले स्थायी लेखा(पान), आयकर, अग्रीम करकट्टी, मूल्य अभिवृद्धि कर, अन्त शुल्क, करको दर लगायतका विषयमा प्रशिक्षण दिनुभएको उक्त तालिममा व्यवसाय गरिरहेका र व्यवसाय गर्ने तयारीमा रहेका रामग्राम नगरका युवाहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि करदाता सेवा कार्यालय प्रमुख अधिकारीले करदाता शिक्षा सबैका लागि आवश्यक रहेकोमा जोड दिए । उनले सेवा कार्यालय परासीले अव छिट्टै कर चुक्ता र विवरण संकलनको सेवा दिन लागेको बताए ।
उनले सुनवल, बर्दघाट लगायतका करदातालाई बुटवल जानुपर्ने बाध्यता अन्त्य गर्न आन्तरिक राजस्व विभागले देशभर खुलेका २५ वटै सेवा कार्यालयमा केहि समयपछि एकैदिन सेवा सुचारु हुने गरी व्यवस्था मिलाउन लागेको पनि जानकारी दिए । कार्यक्रममा रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्याय, रामग्राम जेसीजका पूर्व अध्यक्ष मेघराज गौतम, रामग्राम जेसीजका महासचिव चन्द्रमणि चौधरी, उपाध्यक्ष सुनिता अग्रहरी, कार्यक्रम संयोजक अनिल उपाध्याय लगायतले करको महत्वको विषयमा प्रष्ट पारेका थिए ।
रामग्राम जेसीज वर्ष २०२० का अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका पूर्व अध्यक्षहरु राजकुमार रेश्मी, यमकुमारी सुवेदी, मुक्ति पौडेल, करदाता सेवा कार्यालयका नासु मेघनाथ कण्डेल, डाईसु गोकुल पाण्डे, राजेश्वरी प्राविका प्रधानाध्यापक बसन्त पराजुली लगायतको पनि सहभागिता थियो ।