चितवन,भदौं ६ चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका मकवानपुर हेटौंडाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।भदौ ३ गते निमोनिया भएर उपचारका लागि भरतपुर आएका ७५ वर्षीय एक वृद्धको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको थियो ।उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको थियो । तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको छ । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
चितवनमा उपचारको क्रममा मृत्यु भएका बिरामीमा कोरोना पुष्टि