पुर्व पश्चिम राजमार्गमा गाडी रोकी पैसा असुली गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ हाइवे चोकमा विना कारण सवारीबाट पैसा असुल गर्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । लम्जुङ्ग देखि रुपन्देहीको खैरनी तर्फ कुखुरा लिएर जाँदै गरेको प्रदेश ३ –००१ च ०२२० नम्बरको जिपलाई रोकी विल भेटनरी देखा भन्दै गाडीको चावी खोस्न खोस्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
समुह बनाएर गाडीको चावी खोसेर धम्की दिएका र जिपमा रहेका कुखुरमा समेत क्षेती पु¥याएको हुदाँ ६ जनालाई नियन्त्रणमा लिएको पश्चिम नवलपरासीका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनु भएको छ । पक्राउ पर्नेमा बर्दघाट–४ बस्ने वर्ष २४ का विमल राना, मनिष कुंवर, वर्ष २३ का संजय सुनार, २९ वर्षका सुजनमान श्रेष्ठ, ३१ वर्षका निर्मल खरेल र सुजन तिमिल्सिना रहेका छन् ।