काठमाडौं । भाईटिकाको लागि शुभसाइत ११ बजेर ३७ मिनेट जादा उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ । यमपञ्चकको पाचौँ दिन (भाईटिका) दिदि बहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा र निष्ठाका साथ दिर्गायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार संप्तरङ्गी टिका र भाईफुलको माला लगाइदिएर मनाइन्छ । हरेको बर्ष कार्तिक शुक्ल व्दितीयाको दिन यो चार्ड मनाइन्छ । यो नेपालीहरुको दोस्रो ठूलो चार्ड पनि हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई चलन चल्दै आएकोछ। यमपञ्चकको पाचौँ दिन जुनसुकै समयमा लगाउन सकिन्छ तर पनिपरापुर्व काल देखि चल्दै आएको अभिजित् मुर्हतको समय उत्तम हुने उहाँले बताउनु भयो । भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको उहाँको भनाइ छ । टिकालगाउदा फर्कनुपर्ने दिशा भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
११ बजेर ३७ मिनेट भाइटीकाकोलागि शुभसाइत