नवलपुर जिल्ला भरिका व्यापार व्यवसाय भोलि अर्थात कार्तिक २७ गते नवलपुर उद्योग बाणिज्य संघ कार्य समिति सदस्य पुर्णप्रसाद न्युरेको निधन भएको शोकमा बन्द हुने भएको छ ।
नवलपुर जिल्लाको सदरमुकाम कावासोतीका युवा व्यापारी तथा नवलपुर उद्योग वाणिज्य संघका कार्य समिति सदस्य पुर्ण न्युरेको मंगलबार भरतपुर अस्पतालमा उपचारका क्रममा भएको निधन पछि संघको आज बसेको आकष्मिक बैठकले मृतकमा श्रद्धान्जली अपर्ण तथा शोकको समबेदना प्रकट गर्दै भोलि १ दिनका लाखि नवलपुर जिल्ला भरिका एक दिन बजार बन्द गर्ने निर्णय गरको हो । स्वर्गिय न्यूरे कावासोति नगरपालिका ८ मा हंस खाद्य सप्लायर्स र मध्यबिन्दु नगरपालिका १ मा संचालीत आशिवार्द एग्रो फुड्स ।प्रा।लि।को संञ्चालक समेत थिए ।
उद्योग व्यापार व्यवसाय बन्द गर्न नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
न्युरेको शोकमा भोली कावासोतिका बजार बन्द