२० कार्तिक
कावासोती । पूर्वि नवलपुरको सदरमुकाम कावासोती नगरपालिकाले एक हप्ताको लागि सम्पूर्ण सेवा बन्द गरेको छ ।
नगरपालिमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएसँगै कार्तिक २० गते बाट २६ गते सम्म नगरपालिका कार्यालयले प्रदान गर्ने सम्पुर्ण सेवा सुविधाहरु बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीको हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नगरपालिकाको कार्यालय आसपासका क्षेत्रमा समेत कोरोना संक्रमण बढिरहेको र नगरपालिका कार्यालयका कर्मचारीहरु कोरोना संक्रमण पुष्टि भएको हुदाँ सेवाग्राहीको स्वास्थ्य लाई मध्यनजर गर्दै नगरपालिकाले सेवा बन्द गरेको बिज्ञाप्तिमा जनाइएको छ ।
नगरपालिका कार्यालय बन्द रहेता पनि स्वास्थ्य शाखा र सम्पुर्ण वडा कार्यालयहरूले भने निरन्तर प्रदान गरिने सेवा उपलब्ध भैरहने नगरपालिकाले जनाएको छ ।
कावासोती नगरपालिका १ हप्ता बन्द