-सृजना पौडेल
कावासोती । पुर्वि नवलपरासी नवलपुर कावासोति नगरपालिका वडा नं ०४ हसौरा मिलिजुली र्फमका ब्यापारी थमन कानुन मगरले १५०० खसी ब्यापार नोक्सान भएको बताउँछन् ।
पोहोरको तुलनामा अहिले ब्यापार हवात्तै घट्यो । ६ वर्ष देखी निरन्तर रुपमा खसी , बोकाको ब्यापार गर्दै आएको तर अहिलेको वर्ष ब्यापार हवात्तै घटेको कुरा हसौरा मिलिजुली फम का खसी ब्यपारि थमन कानु मगरले बताए ।उनि भन्छन मैले खसि को ब्यापार गर्न थालेको ६० ६५ साल बाट हो तर राम्रो संग लागेर ब्यापार गरेको ७० साल बाट हो । अहिलेको जसरी ब्यापार कम भएको थिएन । गत बर्षमा पोहोरको दशैमा १५०० वटा जति खसि वोकाको ब्यापार भएको थियो भने अहिले २५० जति खसि बोकाको ब्यापार भएको हो ।
खसी बोका महङ्गीएको कारणले गर्दा पनि ब्यापार घटेको कुरा हसौरा मिलीजुली र्फमका खसी ब्यपारी थमन कानु मगरले बताए ।