कावासोती ।पुर्वी नवलपरासी देबचुली वडा न ११ का ८० वर्षीय पुरुषको कोरोना कारण मृत्युु भएको छ। चितवन मेडिकल कलेजमा कार्तिक १२ गते भर्ना भएका उनमा १३ गते कोरोना संक्रमण देखिएको थियो । उनि पहिले बाट फोक्सोको बिरामि भएका र आईतबार राति १०:४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको र उहाको शब नेपाली सेनाको नियन्त्रणमा देबघाट लघि अन्त्यष्टि गरेको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए । यस संगै जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
कोरोना संक्रमणले देवचुलीमा ८० बर्षिए पुरुष को मृत्यु