प्रिय धन , नवलपुर १५ कार्तिक २०७७ पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका का विद्यालयहरू आगामी मंसिर २ गते सम्मका लागि बन्द हुने भएका छन् । आज मध्यविन्दु ७ चोरमारा मा रहेको नवलपुर आवासीय मावि मा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक हरुको बैठक बसि स्थानीय स्तरमै कोरोना का बिरामी देखिएका कारण विद्यार्थीहरुमा नकारात्मक असर पर्न सक्ने र मानसिक रूपमा उनीहरू पढ्न सक्षम नहुन सक्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
मध्यविन्दु नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखाको समनवयमा गत कार्तिक १ गते घटस्थापना देखि बन्द गरिएका सम्पूर्ण सरकारी तथा निजी विद्यालयहरू आगामी मंसिर २ गते मंगलबार सम्मका लागि बन्द गर्ने निर्णय प्रधानाध्यापक हरुको भेलाले गरेको हो । यसअघि कार्तिक १६ गते आईतबार देखि विद्यालय सञ्चालन गर्ने तयारी थियो । विद्यालय खोल्ने नखोल्ने सन्दर्भमा छलफलका निमित्त गरिएको बैठक ले नगरभित्रका कुनै पनि विद्यालय संचालन नगर्ने निर्णय गरेको हो । साथै कक्षा ११ परीक्षा भने पूर्व निर्धारित समयमा नै हुनेछ । नवलपुर आवासीय माध्यमिक विद्यालय चोरमारा का प्रिन्सिपल भिमलाल अधिकारी को अध्यक्षतामा बसेको छलफल मा मध्यविन्दु नगरपालिका निजी तथा सरकारी विद्यालयका प्रधानाध्यापक हरुको उपस्थिति रहेको थियो ।
मध्यविन्दु नगरपालिका मा आगामी मंसिर २ गते सम्म विद्यालय सञ्चालन नगर्ने