दोरेन्द्र खड्का बझाङ, १३ कार्तिक/अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (अनेरास्ववियु) का केन्द्रिय संयोजक ऎन महरलाई बझाङमा अनेरास्ववियुकै कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन । जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा संयोजक महरलाई अनेरास्ववियुका जिल्ला कमिटीका युवा विद्यार्थी नेताहरूले कालो झण्डा देखाएका हुन । कार्यक्रममा बिद्यार्थी नेताहरूले `अनेरास्ववियु जिन्दावाद, गुट भेला मुर्दावाद ´ भन्दै नाराबाजि समेत गरेका थिए । कालो झण्डा देखाउने अनेरास्ववियुका जिल्ला कमिटी सदस्य गणेश कुवर र पुर्व जिल्ला कमिटी सह सचीव रामचन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष, नगर कमिटी सदस्य नमेश कुवर, त्रिवेणि बहुमुखी क्याम्पसका स्ववियु सभापति जयबहादुर कुवर र सचीव मिलन ताम्राकारलाई बेपत्ता पारिएको जिल्ला कमिटी सदस्य कुवरले जानकारी दिए । बझाङमा अनेरास्ववियु संगठन विस्तार गर्दा संयोजक महरले एकता बिधान बिपरित कार्य गरेको भन्दै अनेरास्ववियुका नेताकार्यकर्ताहरुले व्यापक असन्तुष्टि जनाउदै आएका थिए । संगठनमा लामो समय काम गरेका, सिनियर बिद्यार्थि नेता लाई लत्याएर आफन्त नातागोता लाई संगठनको जिम्मेवारी दिइए पछि असन्तुष्टि जनाउँदै संयोजक महरलाई कालो झण्डा देखाएका हुन ।
बझाङमा ऐन महरलाइ कालो झण्डा