कोरोना संक्रमणबाट मृत्यु भएकी महिलालाई धनगढी नगरपालिकास्थित कब्रिस्तानमा गाडेको भन्दै स्थानीयले कब्रिस्तानमा तालाबन्दी गरेका छन् ।
मानववस्ती संगै रहेको कब्रिस्तानमा कोरोना संक्रमितलाई गाडेको भन्दै स्थानीयले तालाबन्दी गरेकाे वडा नम्बर १ का वडाअध्यक्ष तथा प्रवक्ता सन्तोष मुडभरीले बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिलाको विहिबार विहान मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनकोे मृत्यु भएपछि स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएका थिए ।
शव बुझाएपछि स्थानीय प्रशासन र मृतकका परिवारजनले कब्रिस्तानमा शव गाडेका हुन् । शव गाडेपछि नजिक बस्तीका स्थानीयले विरोध गरेका थिए ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मानववस्ती भन्दा अलग्गै रहेको स्थानमा गर्दै आएको थियो ।