नेपालमा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७२५ पीसीआर परिक्षण गर्दा थप ५७० कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । जसमा ४० हजार ६८१ सक्रिय संक्रमित पुगेका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा ३ हजार १६८ कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ ।