देवचुली नगरपालिकाको दलदले कैलाशचोकमा दुर्घटना हुँदा एक जना घाईते भएका छन् । सोमबार दशैंको दिन बेलुका साढे सात बजे जनज्योती मार्गबाट दलदलेतर्फ आउँदै गरेको लु ३४ प ३८२४ नम्बरको पल्सर मोटरसाइकल तिब्र गतिका कारण अनियन्त्रित भई कैलाश चोकको एक पसलको सटरमा ठोक्किएको थियो। दुर्घटनामा परि देवचुली १३ दलदलेका बर्ष २१ का जनम कुमाल घाईते भएका छन् । घाईतेको चिउँडोमा चोट लागेको र छाती दुखेको घाईतेले बताएको प्रहरीले जनाएको छ। घाउतेलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाले बताउनु भयो।
नवलपरासी देवचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते