नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगर बाल सञ्जालमा आवद्ध बालबालिकालाई अस्लिल तस्वीर तथा भिडियो पठाएर यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिकामा कार्यरत कावासोती–२ का ३३ वर्षीय गणेश वि.क.लाई पक्राउ गरेको छ । नगरपालिकामा बालमैत्री कार्यक्रम स्वयम् सेवकको रुपमा करारमा कार्यरत वि.क.ले विभिन्न समयमा अश्लिल तस्वीर तथा भिडियो पठाएर यौन दुव्र्यवहार गरेको भन्दै सञ्जालका चार जना बालबालिकाले असोज ३० गते कावासोती नगरपालिकामा उजुरी दिएका थिए । नगरपालिकाले बालबालिकाबाट सक्कल पत्र सहित आवश्यक कारवाहीको लागि असोज ३० गते जिल्ला प्रहरी कार्यालय पठाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए । नगरपालिकाले पठाएको पत्र कात्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भएपछि प्रहरीले वि.क.लाई गिरप्mतार गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नवलरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । प्रहरीले असोज ३ गते जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक हित, स्वास्थ्य तथा नैतिकता विरुद्धको कसुरमा मुद्दा दर्ता गरि म्याद थपेर अनुसन्धान गरिरहेको मल्लले बताए । मल्लका अनुसार उनले आफ्नै नगरपालिका भित्र रहेका बाल क्लबमा आवद्ध बालिकाहरुलाई अस्लिल फोटो तथा भिडियोहरु पठाउने पठाउने गरेको पाइएको छ । बालमैत्री कार्यक्रममा कार्यरत वि.क.लाई हाल कानुनी कारवाहीको लागि नगरपालिकाले सिफारिस गरेको भन्दै उनलाई नगरपालिकाले आवश्यक कारवाही समेत गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।
कावासोतीका बालमैत्री स्वयम्सेवकले गरे बालक्लबका बालिकालाई यौन दुव्र्यवहार