कावासोती । नवलपुरमा १२ जना नयाँ संक्रमित थपिएका छन् । कावासोतीका ६ जना, गैंडाकोटका ४ जना,देवचुलीका १ जना र हुप्सेकोटका १ जना गरी नवलपुरमा थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार कावासोती नगरपालिका २ का २२, २६, ४९ र ५४ बर्षीय पुरुष, कावासोती ३ का २२ र ३८ बर्षका पुरुष रहेका छन् । त्यसैगरी हुप्सेकोट गाउँपालिका ३ का ४२ बर्षीय पुरुष र देवचुली नगरपालिका १ को १७ बर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो । गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण देखिएपछी अब प्रदेशामा संक्रमितको संख्या १७७९ पुगेको छ।
कावासोतीमा ६ सहित नवलपुरमा १२ जनामा कोरोना संक्रमण,प्रदेशमा १७७९ पुग्यो