काठमाडौं, २८ असोज । कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्याको विषयमा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ सांसदले अविश्वासको प्रस्ताव अघि सारेपछि चर्किएको विवादबारे छलफल गर्न अध्यक्षद्वयबीच भेट भएको हो ।अविश्वासको प्रस्तावबाट माधव पक्ष पछाडि हटेपछि मुख्यमन्त्री शाहीको पद जोगिएपनि चुरो कुरो बुझ्न पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौं बोलाइएको छ ।भोलि कर्णालीको टोलीसंग हुने कुराकानीका बारेमा नै अध्यक्षद्वयबीच आज छलफल भएको हो ।
कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्मा हुन् भने सह इञ्चार्ज यामलाल कँडेल, कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा, निलम्बित प्रमुख सचेतक गुलाबजंग शाहलगायत नेताहरूसँग अध्यक्षद्वयले भोलि भेट गर्नेछन् ।