भाद्र २,काठमाडौ ।नेपालमा कोरोना फेरि डरलाग्दो रुपमा देखिन थालेको छ।पछिल्लो समय हजार भन्दा मुनि संक्रमित भेटिइरहेको अवस्थामा मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन्
फेरि डरलाग्दो बन्दै कोरोना संक्रमण,आजमात्रै १०१६ संक्रमित