
अबैध रुपमा भारतबाट नेपालमा लुकाईछिपाई भित्र्याइएको प्याज बाँके प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालय बाँकेमा आलुको भन्सार गराएर ठूलो परिमाणको प्याज भित्र्याइएको पोल खुलेको छ । उक्त ट्रक, चालक र बरामद गरिएको प्याज आलु सहित बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार राती १९ गते ९:३० बजेको समयमा जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका ८ रंगशाला स्थित वडा प्रहरी कर्यालयबाट खटिएको प्रहरी टोलीले भारतको उत्तर प्रदेश फरुखाबादका २७ बर्षिय ईण्द्रजित सिंहले चलाएको
UP-76k8670 न.को Indian Benz उल्लेख गरिएको भारतीय ट्रकमा भारी मात्रामा प्याज तस्करी गरिएको पाइएको छ ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना अनुसार उक्त बरामद गरिएको आलु १३,४५० कि.ग्रा., प्याज ४,३६० कि.ग्रा. गरि अन्दाजी कुल रु.६,७२,५०० बराबरको रहेको छ ।
उक्त ट्रकबाट सामान अनलोड गर्दै गरेको समयमा शंकामा ट्रक चेकजाँच गर्दा भारतबाट ५०६ बोरा आलुको भन्सार गराईएकोमा २६९ बोरा (२६९×५०) कि.ग्रा.आलु रहेको र सोही आलुको बोरा पछाडी लुकाई छिपाई ल्याएको २१३ बोरा (२१३×२०) कि. ग्रा. र (२×५०) कि.ग्रा. प्याज फेला पारी १ जना चालक सहित ट्रक, आलु र प्याज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं सूचना अधिकारी सुवास खड्का (प्रहरी नायव उपरीक्षक) ले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएको ट्रकलाई थप आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीको श्रोतले जनाएको छ । वालमा सांकेतिक तस्वीर राखेको छ ।