चोरमारा, १८ असोज । विनयी त्रिवेणी गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि गाउँपालिकाको कार्यालयबाट हुने सेवा प्रवाह बन्द गरिएको छ । गाउँपालिकाको कार्यालयबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । गाउँपालिकाको कार्यालयमा कार्यरत तिन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सबै कामहरु सोमबार देखि शुक्रबार सम्म बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्याति अर्यालले बताए । असोज १६ गते संकलन गरिएको स्वाबको रिपोर्ट असोज १८ गते प्राप्त भएको थियो । जसमा गाउँपालिकाका तिन जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । गाउँपालिकाबाट दैनिक रुपमा हुने कार्यहरु तत्कालको लागि बन्द गरिएको भएपनि वडा कार्यालयहरुबाट हुने कार्यहरु भने सञ्चालन हुने उहाँले जानकारी दिए ।
कर्मचारिमा संक्रमण पुष्टि भएपछी विनयी त्रिवेणी गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द