देवचुली, एलिना केसी। जनता समाजवादी पार्टी नवलपुर जिल्ला अन्र्तगतको देवचुली नगर समितिको पार्टी प्रवेश तथा समायोजना भेला कार्यक्रम देवचुलीमा सम्पन्न भएको छ । शनिबार साहारा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि पार्टी प्रवेश गरेका नयाँ सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी रहनुभएका तमुवान राष्ट्रिय समिति इन्चार्ज रुद्र बहादुर गुरुङले स्वागत गरेका थिए । उक्त कार्यक्रममा कृष्ण राज गैरेको संयोजकत्वमा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी लगायत विभिन्न पार्टी परित्याग गरि १ सय ५० जना सक्रिय युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उक्त कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष मोति रिजाल, प्रदेश उपाध्यक्ष हेम बहादुर थापा, केन्द्रिय सदस्य सरोज खरेल लगायत संघिय परिषद सदस्य, प्रदेश सदस्य र जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सदस्य कृष्ण गौतमले नव प्रवेशीलाई पार्टी प्रवेश गराएका थिए । कार्यक्रमको सहजीकरण नगर जनता समाजवादी पार्टीका सचिव शंकर बहादुर नेपालीले गरेका थिए ।
देवचुलीका १ सय ५० युवा जनता समाजवादी पार्टीमा प्रवेश