उमेश बि.क / नवलपरासी ,१६ असाेज। पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा नवलपरासीमा प्रदर्शन भएको छ। संयुक्त राजनीति दलका नेताहरुकाे समुहले परासी बुद्ध चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। राजधानीका लागि बुटवल नै उपर्युक्त भएको भन्दै प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , नेपाली काङ्ग्रेस जिल्ला सचिव गजान्द पटेल, काङ्ग्रेस नेता अनिल गाैड, जसपा जिल्ला संयोजक मुकुरजि गिरी ,धिरेन्द्र यादव लगाएतले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। प्रदेशसभा सदस्य बैजनाथ जैसवालले कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने बताउदै नभए सबै जना अान्दोलनकाे कडा कदम चाल्ने बताएका छन । प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव विवादित भएपनि नामकरणका विषयमा भने खासै विवाद सुनिएको छैन । प्रदेश सरकारले शुक्रबार दिउँसोको प्रदेशसभा बैठकमा राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ।
प्रदेश राजधानी दाङमा राख्ने प्रस्तावको विरोधमा परासीमा प्रदर्शन