नवलपरासी । पश्चिम नवलपरासीको त्रिवेणी-झुलनिपुर सडक खण्डमा तस्करीको मटर बोकेको पिकप गाडी अनियन्त्रित भई गण्डक नहरमा खसेको छ ।
प्रतापपुर गाँउपालिका वडा नं ७ गुठी सुर्यपुरा स्थित मुख्य पश्चिम गण्डक नहरको बाटो हुदै तस्करी गर्नको लागि मटर लोड गरि सीमा क्षेत्रमा पुर्याउन लैजाँदै गर्दा बिहीबार बिहान करिब पाँच बजे अनियन्त्रित भई गाडी नहरमा खसेको हो ।
घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी उक्त घटना स्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार उक्त घटनामा कुनै मानवीय क्षति भएको छैन । उक्त घटनाबारे गण्डक नहरको पानी बन्द गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।