कावासोती ,किरण भुर्तेल।नवलपुरका सर्जकहरुले चितवनका गायकसङ्ग मिलेर नवलपुरमै तयार गरेको सांगीतिक कोशेली झझल्को आखैमा युटुब मार्फत सार्वजनिक गरिएको छ।नवलपुरकी चर्चित तथा सुमधुर स्वरकी धनी गायिका उमादेवी खनाल र चितवनका गायक प्रकाश के सिको स्वरमा सजियको गितमा नवलपुरका उदयमान मोडेल तथा कलाकार दिपक काफ्लेको जोडदार अभिनय देख्न सकिन्छ।पछिल्लो समयमा मोफसलबाट पनि राजधानीमा जस्तै सांगीतिक तथा मनोरञ्जन क्षेत्रमा प्रभावकारी कार्य गर्न सकिन्छ भन्ने ट्रेण्ड सेट हुन लागिरहेकोमा यो गित थप एक इट्टा थप्न मदत गर्ने निर्माता हरुको विश्वास रहेको छ।लोकलयमा आधारित सुमधुर संगित र स्वरमा सजिएको गितमा मनछुने सब्दहरु पोखिएका छन।पन्चेबाजाबाट मोडलिङमा उदाएका दिपक काफ्ले यसअघि पनि पाँचवटा गितमा मोडेलिङ गरेर आफ्नो अभिनयको जादौ दर्शक हरुमा माझ पस्किसकेका छन भने यो गित बाट आफू थप आशावादी रहेको बताउछ्न।भजन किर्तन हुँदै मोडलिङ तर्फ आकर्षित भएका दिपक सङ्गै यो गितमा गायिका उमादेवी खनाल र संजय देवकोटाको जोडदार अभिनय देख्न सकिनेछ।नवलपुरे सर्जक सतिश राइले निर्देशन गरेको म्युजिक भिडियोमा प्रकाश के सि ले संगित भरेका छन भने शब्द बुन्ने जिम्मा पनि उनकै भागमा परेको छ।डिटिएम मिडियाको प्रस्तुति रहेको गितमा दिपेन्द्र थापा मगरले रंग भरेका छन।यसअघि पनि थुप्रै सांगीतिक कोशेली मार्फत दर्शक स्रोताका माझमा आएकी उमादेवी खनाल र निर्माण पक्षले दर्शकहरुले आफ्नो काम मन पराउनेमा विश्वस्त रहेको भन्दै सल्लाह सुझाब र प्रतिक्रियाको अपेक्षा रहेको बताएका छन। भिडियो हेर्न तलको लिन्कमा जानुहोला