किस्मत पौडेल नवलपुर । पर्वत माहाशिला गाउँपालिका स्थित कुष्ठरोगले थला परेका काशिराम बि.क लाई टिकटक चलाउने प्रयोगकर्ताले ठूलो सहयोग गरेका छन ।
पर्वत घर भई हाल नवलपुरको देवचुली १७ स्थित बस्ने राजु क्षेत्रीले टिकटक मार्फल ठूलो चमत्कार गरेका छन । आफू घर भाडामा बस्ने राजु क्षेत्री आफ्नो खान बस्नको ठेगान नभयतापनि आफुले दिन रात टिकटक बाट लाईभ बसेर उठेको सहयोग रकम सबै दिएका हुन । राजु क्षेत्री भनेर चिनिने ब्यक्तिले पर्वत माहाशिला गाउँपालिका स्थित रहेका कुष्ठरोगीलाई टिकटक बाट उठेको रकम रु ७० हजारमा १ हजार थपेर ७१ हजार पिडित कासिराम बि.कलाई आई एम ई बैंकबाट पठाएका हुन ।
आज भोलि खुला मनले सामाजिक सेवा गर्ने ब्यक्ती कम नै भेटिने गर्छन तर आफू नै घरबेघर भएका राजु भने अरुको घर बसाउन तिर धमरधुस लागिरहेको देख्दा आश्चर्यजनक नै लाग्न सक्छ । पारिवारिक स्थिती नाजुक रहेता पनि उनले दिनरात सामाजिक कामलाई जोड दिने गरेका छन । आज सम्म ७ ठाउमा उद्वार र राहत बाढ्दै हिडेका राजु एकाएक मिडियामा उनले भने "सामाजिक दायित्व मेरो कर्तब्य हो, म एक छाक भोको रहेर पनि अरुको पेट भरिन्छ भने म सहयोग गर्न तयार छु" ।
यस्तै सामाजिक बिचार र धारणा भएका ब्यक्ती पाउन अहिलेको अवस्थामा गाह्रै पर्छ । एक सामाजिक बिचार मात्र नभई सामाजिक हितको लागि लड्ने र आफ्नो भोको पेट रहेता पनि अरुको पेट भर्ने ब्यक्ती कम नै भेटिन्छन । त्यस मध्य एक राजु सामाजिक अभियान्ताको रुपमा आफू सधै लागि पर्ने बताए ।