३२ साउन, बाँके । जानकी गाउँपालिकामा आज राती १२ बजे देखि लागु हुने गरि निषेधाज्ञा जारी हुने भएको छ । जानकी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले दिएको जानकारी अनुसार जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण दर बढदै गए पछी बाँकेको जानकी गाउँपालिकाले गाउँपालिकाको क्षेत्र भित्र निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञालाई प्रभावकारी बनाउन गाउँपालिकाले सम्पुर्ण सेवा सुबिधा बन्द गर्ने भएको छ । साउन ३२ आइतबार देखी भाद्र ५ गते राती १२ बजे सम्म सम्पूर्ण सेवा बन्द गरिने खत्रीले जानकारी दिए । जानकी गाउँपालिकाका कार्यवहाक अध्यक्ष भुमिसरा धितालको अध्यक्षमा बसेका कार्यपालिकाको सर्वपक्षीय बैठकले नगर कार्यालय, वडा कार्यालय- सम्पुर्ण शाखा, र अन्य जानकी गाउँपालिका अन्तर्गत रहेका सरकारी तथा गैर सरकारी कार्यालय, बैंक, तथा बित्तीय संस्था, होटेल- रेस्टुरेन्ट, व्यापार, उद्योग, कारखाना, तरकारी हाटबजार लगायत सम्पुर्ण सेवा आज ३२ गते देखि भदौ ५ गते राती १२ बजे सम्मका लागि पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिएका छन ।
सो अवधिमा अत्यावश्यक सेवा बाहेक कुनै अन्य दैनिक सेवा संचालन नहुने र सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिने गाउँपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।
जानकी गाउपालिकामा आज राती १२ बजे देखी निषेधाज्ञा