दोरेन्द्र खड्का ,बझाङ:श्रावण २७
सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन । मंगलबार दिउँसो सदरमुकाम चैनपुर बजार नजिकैको डुङग्री पुलको छेउ बाट हाम फालेर बैतडीको बाजपानी घर भएका २४ बर्षका मान बहादुर विष्ट रहेका छन ।
प्रत्यक्षदर्शीका अनुसार उनी नदी किनाराको ढुङगामा बसेर फोन गरिरहेका थिए । फोन गर्दा गर्दै एक्कासी हाम फालेका हुन । उनी बझाङको मष्टा गाँउपालिकाका हरी धामीको जिप चलाउदै आएको बताईएको छ ।
यस अघि आईतबार राती पनि विष्टले पुलबाट हामफाल्ने कोसिस गर्दा प्रहरीले बचाएको थियो । घटनाको विषयमा अनुसन्धान भईरहेको र बेपत्ता विष्टको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।