[आज मिति २०७७ साल असोज १० गते शनिबार । तदनुसार सेप्टेम्बर २६ तारीख । नेपाल संवत ११४०]
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : प्रेम जीवन सबल र सफल रहनेछ । महिला वा आफन्तबाट विशेष सहयोग मिल्नेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक सुख मिल्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा) : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आफ्नो विचार विपरित निर्णय हुनेछ । पेशागत समस्या आउला । स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ । पुनर्मिलनको योग रहेको छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । विद्याबाट विशेष लाभ हुनेछ ।
कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साथीभाईसँग समय बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।
तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।
धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : अचल सम्पत्ती हात पर्ने योगछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला ।
मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । रमाईलो यात्राको योग रहेको छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । गरेका काममा ढिलासुस्ती हुनेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : साङ्गितीक क्षेत्रमा रुची बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । वैदेशिक कार्य अघि बढ्नेछ ।