पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरही नदी किनारमा लाग्दै आएको छठ मेला कोरोना भाईरस महामारीको जोखिमका कारण यस वर्ष नहुने भएको छ ।
यस वर्षको छठ पूजा आ–आफ्नो घरमा सुरक्षित रहेर मनाउन समितिले सबैमा आह्वान गरेको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाईने छठ पर्वको शुभकामना व्यक्त गर्दै छठ पूजा व्यवस्थापन समिति अध्यक्ष विजय अग्रहरीले यस वर्ष सबैले आफ्नो घरमा स्वास्थ्य सुरक्षा अपनाएर छठ पूर्जा गर्न अनुरोध गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय परासीले पनि यसअघि नै विज्ञप्ति जारी गरी चाडपर्वमा कुनै पनि मेला महोत्सव तथा भीडभाड हुने गतिविधि नगर्न सचेत गराएको थियो । छठ पर्वको अवसरमा नजिकका तलाउ, पोखरी, नदी किनारका पूजाघाटमा विधिपूर्वक सूर्यको पूजाआराधना गर्ने गरिन्छ । विगतमा मिथिला क्षेत्रमा सीमित छठ पर्व अहिले तराईका सबै जिल्ला,काठमाडौँ तथा पहाडि क्षेत्रमा पनि उल्लासका साथ मनाईन्छ ।