रन्जीत शर्मा/ नवलपरासी/ १३ असोज। पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वार्ड न० १० सन्सारकोट हरियाली बनमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
टिम नेपो नवलपरासी र श्री संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा संसारकोट हरियाली वन क्षेत्रको वरिपरि बृक्षारोपण गरिएको हो ।
टिम नेपो नवलपरासीको जिल्ला प्रतिनिधि प्रमिला पौडेलको अध्यक्षता, तथा श्री संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष कमल पराजुलीको प्रमुख अतिथिक्ता एवम् टिम नेपो नवलपरासीका पदाधिकारीहरु को उपस्थिति तथा राज अधिकारिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।