असोज ६,नवलपुर।नेपाली काङ्ग्रेसको जनसम्पर्क समिती समन्वय विभाग बिस्तार भएको छ।नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गोबिन्द भट्टराई प्रमुख रहेको जनसम्पर्क समन्वय विभागमा ३४ जना सदस्य मनोनयन गरिएको हो।नेपाली काङ्ग्रेसको विधान २०१७ अनुसार काङ्ग्रेस सभापति देउवाले विभाग विस्तार गरेको मुख्य सचिब कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विभिन्न जिल्लाबाट सदस्यहरु मनोनयन गर्ने क्रममा नवलपुर अरुणखोला निवासी युवा नेता जगदीश खाणलाइ बिभागको केन्द्रिय सदस्य मनोनित गरिएको हो।खाण लामो समयदेखी नेपाली काङ्ग्रेस युवा राजनीतिमा सक्रिय रहेका थिए।विभागको केन्द्रिय सदस्य मनोनीत हुदा अत्यन्तै खुसि लागेको भन्दै आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाकी नराख्ने खाणले बताए।
काङ्ग्रेसको जनसम्पर्क समन्वय विभाग बिस्तार,नवलपुरका युवा नेता खाण केन्द्रिय सदस्य मनोनित