नवलपुर,असोज ३ । नेपाल निजामती कर्मचारी संगठन नवलपरासी (वर्दघाट सुस्ता पूर्व) ले आगामी असोज २४ गते हुन गैरहेको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा सकृयतापूर्वक सहभागी हुन आह्वान गरेको छ । नेपाल सरकार मन्त्रीस्तरीय निर्णयले असोज २४ गतेका लागी तय गरेको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा सकृयता पूर्वक सहभागीता जनाउने निर्णय संगठनले गरेको हो । नवलपरासी (वर्दघाट सुस्तापूर्व) क्षेत्र नं. २ का सांसद समेत रहेका नेकपाका यूवा नेता तिलक बहादुर महतको प्रमुख अतिथ्यता एवं संगठनका अध्यक्ष मोती प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले आफ्नो संगठनका पक्षमा माहोल सृजना गर्दै चुनावमा सकृयता पूर्वक सहभागी हुने निर्णय गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा नेता तिलक बहादुर महतले कर्मचारीहरुका समस्या समाधानका लागी आफुले पहल गर्ने बताए । नेता महतले निजामती कर्मचारीहरुका समस्या समस्या समाधानका लागी आफू लागि परेको भन्दै कर्मचारी मैत्री ऐन बनाउन लागिपरेको उल्लेख गरे । उनले स्थानीय सेवामा रहेका कर्मचारीहरु संघीय निजामती सेवामा र संघीय सेवामा रहेका कर्मचारीहरु प्रदेश तथा स्थानीय सेवामा जानसक्ने गरी ऐन बनाउन लागिएको बताए । संगठनका अध्यक्ष मोती प्रसाद रिजालले विगत देखिनै कर्मचारीहरुको हकहितको पक्षमा आवाज उठाउँदै आएको नेपाल निजामती कर्मचारी संगठनका पक्षमा मत ब्यक्त गर्न आह्वान गर्दै बैठकले निर्वाचन परिचालन कमिटि समेत गठन गरेको जानकारी दिए । रिजालका अनुसार आधिकारीक ट्रेड युुनियनका जिल्ला उपाध्यक्ष राजेन्द्र प्रसाद देवकोटाको अध्यक्षतामा निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।
त्यस्तै निजामती कर्मचारी संगठन नवलपुरका सचिब तथा कार्यक्रम संचालक नेल्सन सुबेदिले संगठन एकढिक्का भएर निर्वाचनमा भाग लिनु पर्ने भन्दै संगठनलाइ जिताउन सबै आफ्नो ठाउबाट लाग्न अपिल गरे। कमिटिले २४ गतेको निर्वाचनको लागी संगठनको तर्फबाट गर्नुपर्ने सबै कामहरु सम्पन्न गर्नेछ । नवलपुरमा निर्वाचन सम्पन्न गर्नका लागि सरकारी वकिल सीताराम अर्याललाई निर्वाचन अधिकृत तोकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जानकारी दिदै सुबेदिले जिल्लामा मतदाताहरुको नामावली संकलन गर्ने काम भइरहेको बताए । नवलपुरमा करिव ५ देखि ७ सय सम्म मतदाता रहेको अनुमान गरिएको छ । देशैभर स्थापित एक सय सात वटा निर्वाचन अधिकृतको कार्यालयबाट चुनावका लागि आवश्यक सबै तयारीहरू तीव्र रूपमा अघि बढेसँगै सरकारले तोकिएकै मितिमा चुनाव सम्पन्न हुने करिब पक्का भएको छ।
आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि निजामती कर्मचारी संगठन नवलपुरको तयारी तीब्र