तिलोत्तमा । सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडकखण्डको कोटिहवा चोकमा मिनी ट्रक (छोटा हाथी) अनियन्त्रित भई दुर्घटना भएको छ ।
भैरहवादेखि बुटवल तर्फ जाँदै गरेको मिनी ट्रक अनियन्त्रित भई तिलोत्तमा-१५ कोटिहवा चोकमा रहेको ट्राफिक बीटमा ठोक्किदा दुर्घटना भएको हो ।
दुध बोकेको उक्त गाडी दुर्घटना हुँदा चालकलाई सामान्य चोट मात्र लागेको छ । गाडीमा ठूलो क्षति पुगेको भएतापनि मानवीय क्षति भने भएको छैन । र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
