भिम भुसाल, नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ रजहर चोकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख १६६७ नं. को मिनि ट्रक र सोहिदिशा बाट आई रहेको ना ३८ प १९७ नं. को मोटर साईकल पछाडिबाट ठक्कर खादा मोटर साईकल चालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुशार आज दिउसो १२ बजेको समयमा भएको सवारी दुर्घटनामा देवचुली नगरपालिका वडा नं. १७ का ५० वर्षिय तेज बहादुर महतोको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको हो । ठक्कर दिने मिनी ट्रक चालक जिल्ला पर्सा रामपुर टोकनी गा.पा. वडा नं. २ बस्ने बर्ष ३४ को दुवारीका शाही र उक्त सवारी साधन लाई नियन्त्रणमा दिएर अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व का सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए।
नवलपुरमा सवारी दुर्घटना हुँदा रजहरका एक पुरुषको मृत्यु