शालीकराम भट्टराई
कोल्हुवा, नवलपुर २८ भाद्र
मध्यबिन्दु ३ ब्रमस्थानमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन । चितवन रास्टीय निकुन्जबाट बस्तीमा प्रबेश गरेको गैडाले दिनदहाडै मध्यबिन्दु ३ ब्रमस्थानका ५२ बर्षिय देबिराम महतोलाई आक्रमण गरि घाइते बनाएको मध्यबिन्दु ३ का वडा अध्यक्ष अमर महतोले बताउनुभयो ।
आफ्नै घर पछाडी बारिमा घाँस काटीरहेका बेला एक्कासी गैडा आएर खुट्टामा आक्रमण गरेको थियोे । आक्रमणबाट खुट्टा र ताउकोमा समेत चोट लागेको छ । गैंडाले आक्रमण गरेको धेरै समय पछि गैडा बाटोमा हिडिरहेको देखेपछि श्रीमतीले बारीमा गएर हेर्दा श्रीमानलाई घाइते अवस्थामा देखेकि थिइन । उनलाई उपचारका लागी मध्यबिन्दु जिल्ला अस्पताल डन्डा लगिएको छ ।