भाद्र २५,नवलपुर।गण्डकी प्रदेशमा थप ४९ जना कोरोना संक्रमित थपिएका छन।थप ४९ सहित अब प्रदेशमा हालसम्म कोरोना संक्रमितको जम्मा संख्या २७२८ पुगेको छ।क्षयरोग उपचार केन्द्र पोखराको ल्याबमा गरिएको परिक्षणमा प्रदेशमा थप ४९ जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
पछिल्लोपटक कास्किमा १९ जना,बागलुङमा ९ जना,स्याङ्जामा १२ जना,तनहुमा ३ जना,लमजुङमा१ जना र नवलपुरमा ५ जना गरि प्रदेशका ६ जिल्लामा ४९ संक्रमित भेटिएका हुन। थपिएका नया संक्रमितहरुमा कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का २३ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुन भने पोखरा महानगरपालिका-३२ का ५० बर्षीय पुरुष सोहि अस्पतालमा उपचाररत रहेका छन | पोखरा महानगरपालिका-१९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत रहेका छन |संक्रमण देखिएकी बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छन भने अन्य बागलुङका सबै विदेशबाट आएर क्वारेन्टाइनमा बसेका थिए | अन्य प्रदेशभर पुष्टि सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट् ट्रेसिङबाट पहिचान भएको स्वास्थ निर्देशनालय पोखराले जानकारी दिएको छ। |संक्रमित सबैलाई सम्बन्धित क्षेत्रमा रहेको आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |
गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण, प्रदेशमा कुल संक्रमित २७२८