बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको एनआइसीयु (NICU) सेवामा कार्यरत ५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि एनआइसीयु सेवा स्थगित गरिएको छ ।
मंगलबार लुम्बिनी प्रदेशिक अस्पताल प्रशासनले सूचना जारी गर्दै अस्पतालको एनआइसीयु सेवा अन्तर्गत कार्यरत ५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिड १९ पोजिटिभ देखिएको हुँदा उक्त सेवा अन्तर्गतका शाखालाई निर्मलीकरण गरी सञ्चालन गर्नुपर्ने भएकोले अस्पतालको अर्को सूचना नआएसम्म बन्द रहने जनाएको छ ।
साथै यसबाट पर्न जाने असुविधा प्रति अस्पताल परिवार क्षमाप्रार्थी रहेको सूचनामा उल्लेख गरिएको छ ।