वसन्त न्यौपाने ,चोरमारा । रेसम फिरिरि नेपालद्वारा कावासोती नगरपालिका २ वटा वडाहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ।कावासोती नगरपालिका वडा न १४ को बालकल्याण आधारभुत विद्यालय र कावासोती १५ को माझी आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई रेसम फिरिरि नेपालद्वारा शैक्षिक सामाग्री बितरण गरिएको हो।
विद्यार्थीहरुको पठन- पाठनमा सहयोग पुर्याउने हेतुले शैक्षिक सामाग्री वितरण गरिएको संस्थाको सल्लाहकार तारा प्रसाद न्यौपानेले जानकारी दिएका छन।शैक्षिक सामाग्री वितरण अन्तर्गत कपि ,कलम,पेन्सिल लगायतका सामाग्रीहरु विद्यालयका सबै बालबालिकालाई वितरण गरिएको हो।
रेसम फिरिरि नेपालले विगतका केही वर्षदेखी जिल्लाका विभिन्न विद्यालयहरूमा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्नुका साथै अक्षयकोष समेत स्थापना गर्ने कार्य गर्दै आइरहेको छ । पिछडिएको तथा विपन्न समुदायलाई लक्षित गरी संस्थाले विद्यालय लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै काम गरिरहेको रेशम फिरीरी नेपालकी कार्यक्रम संयोजक सीता पंगेनीले जानकारी दिइन ।