नेपाल विद्यार्थी संघ कावासाेतीका सभापति कुमार क्षेत्रीले स्वतन्त्र विद्यार्थीहरुको नेतृत्व विकासको लागि स्ववियु निर्वाचन अत्यावश्यक भएको जिकिर गरेका छन।उनले स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा विद्यार्थीहरुको साझा संगठन भएर विद्यार्थी र क्याम्पस प्रशासनबीच समन्वयको काम गर्ने भएकाले विद्यार्थीका लागि स्ववियु निर्वाचन महत्त्वपूर्ण रहेकाे बताएका छन् ।
गण्डकी आजका संवाददाता संग कुरा गर्दै उनले भने " विद्यार्थीको समस्या र गुनासो क्याम्पस प्रशासनसम्म पुर्याउने र त्यसलाई हल गर्ने प्रमुख दायित्व स्ववियूको हो। क्याम्पसमा विद्यार्थी हक हितको विषयको नेतृत्व गर्दै भविष्यमा असल नेता बन्ने अभ्यास गर्ने ठाउँ पनि स्ववियू नै हो।"
कावासोती नगरपालिका भित्र स्ववियुले गरेका कामहरुको उदाहरण दिदै उनले कुमारवर्ती बहुमुखी क्याम्पस र मध्यविन्दु बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएपछि स्ववियु ले गरेका कार्य हरूलाई सुस्म रूपमा अध्ययन गर्ने हाे भने स्ववियु काे आवश्यकता हेर्न टाढा जान नपर्ने जानकारी दिए । स्ववियु निर्वाचन पछि कुमारवर्ती बहुमुखी क्याम्पसमा स्ववियुले कृकेट एकेडेमी उद्घाटन, प्रदेश स्तरिय फुटसल,डिजिटल कक्षाकाे लागि पहल, छात्रवृत्तिमा सहजिकरण, ४० जनालाई सिटिइभिटि लेभल वान काेर्ष, ३० जानलाई ३ दिने लिडरसिप ट्रेनिङ, ५१ जानालाई कम्प्युटर काेर्ष आदि जस्दा कार्यहरू गरेकाे मा कार्यसमितिलाई धन्यवाद दिदै यस्तै रचनात्मक कार्यहरू गर्नकाेलागि स्ववियु अत्यावश्यक रहेकाे थप प्रष्ट पारे ।
स्ववियु नहुँदा क्याम्पस प्रशासन स्वेच्छाचारी हुन्छ र विद्यार्थीका मागहरू कमजोर बन्छन् साथै स्ववियूले क्याम्पसको शैक्षिक वातावरण सुधार गर्न र सामुहिक रुपमा विद्यार्थीका समस्या समाधान गर्न सहज हुने उनको भनाई छ।
विद्यार्थी राजनीतिले विद्यार्थीलाई राजनीतिक चेतनासँगै देशको आर्थिक, प्रशासनिक, शैक्षिक, सामाजिक, विकासका मुद्दा र तथा राष्ट्रका तमाम विषयसँग जोड्ने कार्य गर्दछ र ती तमाम मुद्दामा विद्यार्थीको भूमिकालाई स्पष्ट पार्ने कार्य गर्दछ, जसका कारण विश्वविद्यालय जीवन पश्चातको सामाजिक जीवनमा उसले आफ्नो भूमिका र जिम्मेवारीलाई सोही दृष्टिकोणका आधारमा अगाडि बढाउन सक्छ भन्ने तर्क दिदै उनेले विद्यार्थीकाे मताधिकार प्रयाेग गर्न दिन र शान्तिपूर्ण वातावरणमा कुशल नेतृत्व चयन गन्रे अवसर प्रदान गर्न सम्पूर्ण सराेकारवालाहरूसँग आग्रह समेत गरे ।