देवचुली ,नवलपुर । नवलपुरको देवचुलिमा धारिलो हतियार प्रयोग गरि एकजनाको हत्या गरेका छन।हिजो कार्तिक ९ गते नवलपरासी(बर्दघाट सुस्ता पूर्व) देवचुली न.पा. वडा नं.९ बिशालटार स्थित बस्ने बर्ष २९ को मिलन मानन्धरलाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको हो।
प्रहरीले हत्या आरोपमा डण्डा बाट भाग्दै गरेका ३० वर्षीय देवचुलि ९ निवासी अर्जुन नेपालीलाई पक्राउ गरेको छ। धारिलो हतियार प्रहारबाट घाइते मिलन मानन्धरको उपचारको क्रममा भरतपुर अस्पतालले मृत घोषणा गरेको हो।
घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व) का सुचना अधिकारी जेसि शाहले जानकारी दिएका छन।