अनौठो छ जिन्दगानी किन नबुझेको ? कहाँ यतिकै रहन्छ जवानी किनबुझेको ?
खुबै मेहनत गर्छ धुलो मैलो, जोगाउ भनेर यो आँखाले आँखाको पानी किन नबुझेको?
बुवाले छोरालाई मुर्दा देखाउदै सम्झाउनु भो एक दिन सबै हुने हुन् खरानी किन नबुझेको?
अरे तैंले किन चिन्ता लिन्छ्स् मैनबत्तिको रात छिप्पिन्छ उदाउछ बिहानी किन नबुझेको ?
आमाले छोराहरुलाई सङ्गै राखेर भन्नू भो ! ठुलेले सानेको कहानी किन नबुझेको ?
✍️सुदीप बिश्वकर्मा कावासोती ,१ नवलपरासी पुर्ब