कावासोती ,फागुन २६ । मेन्टर एजुकेशन कावासोतिले आयोजना गरेको प्रथम मेन्टर कप खुल्ला क्रीकेट प्रतियोगिता अन्तर्गत आज भएको मैत्रीपुर्ण खेलमा अनेरास्ववियु नवलपुरलाइ हराउदै नेविसंघ नवलपुर फाइनलमा प्रवेश गरेको छ।
आज विहान १० बजे कुमारवर्ती कलेजको खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा नेविसंघ नवलपुरले टस जितेर व्याटिङ रोजेको थियो। कुमार क्षेत्रीको कप्तानिमा मैदानमा उत्रेको नेविसंघले निर्धारित १२ ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।
१०९ रनको विजयी लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रेको अनेरास्ववियुले निर्धारित १२ ओभर पूरा खेल्दै १०७ रन मात्र बनाएपछी नेविसंघले १ रनको रोमाञ्चक जित दर्ता गरेको हो। खेलको म्यान अफ द म्याच घोषित सुवास तिमिल्सिना १९ बलमा २६ रनको योगदान दिए भने बलिङ तर्फ २ विकेट हात पार्न सफल भए ।
मैत्रीपुर्ण खेलको फाइनल नेवि संघ नवलपुर र अखिल क्रान्तिकारी विचमा हुने प्रतियोगिताका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।