जाजरकोट । नेपाली काङ्ग्रेसको भातृ संगठन तरुण दल नेपालले जाजरकोटका भुकम्प प्रभावित हरुको लागि ७२ वटा अस्थायी टहरा तयार पारेको छ।
जाजरकोटमा भुकम्प गएपछी प्रभावित हरुको समस्यालाइ मध्यनजर गर्दै ७२ वटा आवासीय टहरा तरुणदलको नेतृत्वमा तयार पारिएको हो।तरुण दलको अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा जाजरकोट पुगेको टोलिले आफ्नै श्रमदान तथा व्यवस्थापनमा टहरा तयार पारेको हो।
भुकम्पले सबैभन्दा बढी प्रभाव पारेको भेरी नगरपालिका वडा न १,२,३ ४ मा तरुण दलले अस्थायी टहरा निर्माण गरेको हो।अध्यक्ष गुरुङको नेतृत्वमा टहरा निर्माण गरेको टोलिले बिहानदेखि राती सम्म खटेर ९ दिनमा आवास निर्माण गरेको तरुण दल केन्द्रिय सदस्य आरसि भट्टराईले बताए।भट्टराईले आगामी दिनमा आवस्यकता अनरुप थप टहरा निर्माण गरिने समेत बताए।