देवचुली होटेल व्यवसाय संघको अध्यक्ष पदमा लक्ष्मण चापागाईं चयन भएका छन्। संघको आज बिहीबार सम्पन्न चौथो साधारण सभाबाट चापागाईँको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको हो। संस्थाको वरिष्ठ उपाध्यक्षमा भोजराज ज्ञवाली, उपाध्यक्षमा आरती सुस्लिङ मगर , सचिवमा खुमलाल भुर्तेल , सहसचिवमा विष्णु खरेल, कोषाध्यक्षमा देवी भण्डारी सहित सदस्यहरूमा तिलक खोजवार, शिवराज ढुंगाना, मनकुमारी थापा, दिलकुमारी राना, रनबहादुर सुनारी, गणेश रानाभाट, थिरलाल पाण्डे, गणेश पराजुली र रूपा गैरे लगायतका रहेका छन्।
देवचुली होटल व्यवसायी संघको अध्यक्षमा लक्ष्मण चापागाइ