कावासोती ,मंसिर ६ । कावासोती साइक्लिङ ग्रुपको आयोजनामा तीन दिने साइकल यात्रा हुने भएको छ।साइकल चलाऔ इन्धन जोगाऔ भन्ने मुल नारालाइ आत्मसाथ गर्दै गैडाकोट हुँदै माथिल्लो पहाडी क्षेत्रबाट कावासोती सम्मको तीन दिनको यात्रा साइकल यात्रा गर्न लागिएको हो।
सस्थाको अध्यक्ष ज्योती श्रेष्ठका अनुसार यात्रा ७ गते विहान गैंडाकाेट बाट सुरु भएर बुलिङ्गटार हुदै वाैदिकालीको डेडगाउ बजारमा पुगेर रोकिनेछ भने भोलीपल्ट ८ गते विहान डेढगाउ वाट अर्खला हुँदै पोखरीमा पुगेर सकिनेछ ।पर्सिपल्ट ९ गते पोखरी बाट सुरु भएको यात्रा कावासाेती आईपुगेर सकिनेछ। गण्डकी प्रदेशमै पहिलो पल्ट यति लामो साइक्लिङ यात्रा तय गर्न लागिएको हुदा यो ऐतिहासिक यात्राको उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन सहित स्वास्थको लागि साइक्लिङको महत्त्व बुझाउने समेत रहेको ग्रुपका कोषाध्यक्ष मदन बस्नेतले बताए।
कार्यक्रममा कावासोती साइक्लिङ ग्रुपका २५ जना भन्दा धेरै साइकल यात्री हरु सहभागी हुने आयोजकले जानकारी दिएका छन। ग्रुपले यो भन्दा पहिले पनि कोरा साइक्लिङ च्यालेन्ज कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न सामाजिक कार्यक्रमहरुमा समेत आफ्नो सहभागीता गराउदै आएको छ।