कावासोती ,मंसिर ६। नवलपुरको मध्यविन्दु नगरपालिका वडा न ८ को महिला समुहले देउसी भैली खेलेर उठेको रकम सामाजिक कार्यमा खर्च गरेको छ।मध्यविन्दु नगरपालिका वडा न ८ रानिटारको सुनौलो भविष्य महिला समुहले देउसी भैलो खेलेर संकलित रकमबाट तीन टोललाइ १० वटा डस्टबिन उपलब्ध गराएको हो।
गाउँ समाजमा संस्कृति जगेर्नाको लागि खेलिएको भैलिमा उठेको रकम समाजमै उपयोग गरौ भन्ने उद्देश्यले सरसफाइमा सहयोगका लागि डस्ट्बिन वितरण गरिएको र डस्टबिनको सदुपयोग हुन्छ भन्ने कुरामा समेत आफुहरु विश्वस्त रहेको महिला समुहको अध्यक्ष विष्णु कार्की परियारले बताइन।
स्थानिय वुद्दिजिवी महिला समुहका पदाधिकारी उपस्थित रहेको कार्यक्रममा उपस्थित मध्यविन्दु ८ का वडा सदस्य सन्जय पोख्रेलले महिला समुहको काम अत्यन्तै राम्रो भएको भन्दै अन्य आमा समूह र क्लबहरुले समेत समाजमा यस्तै रचनात्मक कार्य गर्नु पर्ने बताए।