कावासोती । नवलपुरको सदरमुकाम कावासोतिमा बिहिवार देखि खुल्ला नकाउट सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ।
कावासोती ३ मा रहेको राम मन्दिर खेलमैदानमा सुरु भएको प्रतियोगितामा २० टिमको सहभागीता रहेको छ।हिजो पहिलो दिनमा चार खेल सम्पन्न भएको छ।नमुना युवा क्लब कावासोती र सुपरस्टार युवा क्लब जुगेपानीका बिचमा भएको खेलमा नमुना युवा क्लब ३-२ ले,दोस्रो खेलमा डिवाइडिए दुम्किबासले ओल्डस्टार कावासोतिलाइ ३-१ ले,तेस्रो खेलमा थुम्किदेवी समाज कोलियाले कावासोती १ लाई २-० ले र अन्तिम खेलमा भानु युथ एकेडेमीले सनलाइट सामुदायिक केन्द्र डण्डालाइ ३-१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन।
प्रतियोगितामा आज शुक्रबार पनि चार खेल हुनेछ।कार्यक्रमको मुख्य प्रायोजकको रुपमा अस्ट्रेलियाको लागि उत्कृष्ट गन्तव्यको रुपमा रहेको फोर नेसन्स कावासोती रहेको छ।अस्ट्रेलियाको लागि अत्यन्तै भरपर्दो ,सहज ढंगले विद्यार्थी पठाउन सफल फोर नेसन्सले प्रतियोगितामा प्रथम पुरस्कार सौजन्य गरेको छ भने जापानको लागि ख्यातिप्राप्त सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले कार्यक्रमा द्दितिय पुरस्कार सहयोग गरेको छ।
कावासोतिमा खुल्ला नकाउट फुटबल प्रतियोगिता सुरु,पहिलो दिन चार खेल