चैत्र ९, कावासोती ।नेविसंघ कावासोती नगर कार्यसमितिले कावासोती नगरपालिकालाइ छाडा पशु चौपाया नियन्त्रण तथा आवश्यक व्यवस्थापनको माग सहित विज्ञप्ति बुझाएको छ।
बिहिवार दिउँसो नगरपालिका प्रवेश गरेका कावासोती नगरसमितिका पदाधिकारीले कावासोती नगरपालिकाकि उपमेयर फुलकुमारी थनेतलाइ ज्ञापन पत्र हस्तान्तरण गरेका हुन।छोडुवा पशु चौपायाले सडक दुर्घटना हुने खतरा बढेको तथा किसानहरुको बाली समेत नस्ट गरिरहेको हुदा उक्त कुराहरु अबिलम्ब रोक्न नगरपालिका गम्भीर भएर लाग्नुपर्ने माग नेविसंघ कावासोती नगर सभापती कुमार क्षेत्रीद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा राखिएको छ।पत्र ग्रहण गर्दै कावासोती नगरपालिकाको उपप्रमुख थनेतले नेविसंघले उठाएको कुरा अत्यन्तै जायज भन्दै नगरपालिका छोडुवा पशु नियन्त्रणमा गम्भीर भएर लाग्ने प्रतिवद्द्ता व्यक्त गरिन।
ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा नेवि संघ नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो।
छोडुवा पशु चौपाया नियन्त्रण गर्न नेविसंघको कावासोती नगरलाइ ध्यानाकर्षण